विप्लवलाई इकिंत गर्दै गृहमन्त्री भन्छन् -संविधान र व्यवस्थाको विरोध गर्नेलाई छोडिन्न


बुटवल – गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकको शान्ति सुरक्षामा खलल र्पुयाउने जो कोहीलाई कारबाही गरेरै छाड्ने बताएका छन्। भैरहवामा आयोजित प्रदेश ५ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गर्नु सरकारको दायित्व भएको भन्दै त्यसका लागि जुनसुकै कदम चाल्न पनि सरकार तयार रहेको बताए।

पाँच नम्बर प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुशन्धानका प्रमुखहरु सहभागी गोष्ठिमा गृहमन्त्री थापाले देशमा शान्ति सुरक्षाको अवस्था सुदृढ रहे पनि चुनौतीमुक्त भने नरहेको बताए। नेत्रविक्रम चन्द ‘विप्लव’ नेपाल कम्युनिस्ट पार्टीतर्फ इकिंत गर्दे उनले संविधान र व्यवस्थाको विरोध गर्नेहरुलाई नियन्त्रण गर्न सरकार तयार रहेको र उनीहरुलाई निस्तेज बनाउन सरकारले कदम चालिसकेको पनी बताए।

‘राज्य, संविधान र व्यवस्थाविरोधी तत्वबाट मुलुकको शान्ति सुरक्षा र प्रगतिका लागि चुनौती थपिएको छ’, उनले भने, ‘सरकारले यस्ता तत्वलाई लियन्त्रणमा लिएर सुरक्षा व्यवस्थालाई मजवुद बनाउने कदम अगाडि बढाइसकेको छ। ’ पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले बम विस्फोट गराउने, जनप्रतिनिधिलाई अपहरण गर्ने, चन्दा असुलीका लागि व्यक्तिलाई धम्क्याउने गरेको भन्दै उनले सरकार अब कडा रुपमा प्रस्तुत हुने बताए।

विखण्डनको नारा लगाउने सीके राउतलाई शान्तिपूर्ण मूलधारमा ल्याएको उनले दावी गरे। विखण्डनको नारा लगाइरहेका सीके राउतका कार्यकर्तासम्म सम्झौताको सन्देश पुगिनसकेको कारण समस्या भएको र यसको पनि छिट्टै हल हुने उनको दावी थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement