नेपाल बन्दको पूर्वसन्ध्यामा विप्लवका लमजुङ सेक्रेटरी पक्राउ


पोखरा – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका लमजुङ सेक्रेटरी विनोद सोनामलाई प्रहरी पक्राउ गरेको छ ।

विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement