विप्लवको सुरक्षामा गृहले खटायो १० प्रहरी टाेली


काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षालाई मध्यनजर गर्दै गृह मन्त्रालयले प्रहरी निरीक्षक इन्स्पेक्टरको कमान्डमा प्रहरी टोली खटाएको छ ।

दुई वर्षपछि गत शुक्रबार सार्वजनिक भएका विप्लव शान्ति प्रक्रियाबाट मूलधारको राजनीतिमा आएसँगै उनलाई सुरक्षा दिइएको हो ।

विप्लवको सुरक्षाको लागि इन्स्पेक्टरको कमाण्डमा १० जना प्रहरी टोली खटाइएको महानगरीय प्रहरी परिसर, काठमाण्डुका एसएसपी अशोक सिंहले जानकारी दिए ।

विप्लव सामाखुशीस्थित एक घरमा बस्दै आएका छन् । एसएसपी सिंहका अनुसार काठमाण्डुको हकमा परिसरले र बाहिरी जिल्लाको हकमा हेडक्वार्टरले सुरक्षा दिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement