नागढुंगाबाट २ थान अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका सुटर पक्राउ


काठमाडौं – प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ‘सार्प सुटर’ मुनाल भन्ने सुलभ लामालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी वृत्त थानकोटले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ‘सार्प सुटर’ मुनाल भन्ने सुलभ लामालाई अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्डसहित पक्राउ गरेको हाे।

 धादिङबाट काठमाडौं आउँदै गरेको बा २ ख १९८० नम्बरको बस जाँच गर्दा बसमा रहेका लामालाई हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। विशेष सूचनको आधारमा शनिबार प्रहरीले काठमाडौँको नागढुंगास्थित चेक प्वाईन्टबाट लामालाई पक्राउ गरेको हो। धादिङबाट काठमाडौं आउँदै गरेको बा २ ख १९८० नम्बरको बस जाँच गर्दा बसमा रहेका लामालाई हतियारसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

लामाको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरू भएको डायरी तथा कागजातहरू समेत प्रहरीले बरामद गरेको छ। लामालाई थप आवश्यक कारबाही तथा अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

विप्लव नेकपाले बनाएको विशेष कारबाही दस्ता (स्पेसल टास्क फोर्स) का सदस्य सुलभका साथबाट दुई थान अटोमेटिक पेस्तोल र २० राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ। उनी ललितपुर कोन्ज्योसम गाउँपालिका २ का बासिन्दा हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement