एमसीसी विरुद्धको आन्दोलनमा सँगसँगै देखिए विप्लव र धर्मेन्द्र


काठमाण्डु – नेकपा विभाजन गरेर छुट्टै पार्टीमा लागेका नेता धर्मेन्द्र बास्तोला अमेरिकी सहयोगको एमसीसी सम्झौता विरुद्धको आन्दोलनमा पुनः नेत्रविक्रम चन्द ‘विप्लव’सँगै देखिएका छन् ।

बुधबार सरकारले एमसीसी कार्यान्वयन प्रक्रिया अगाडि बढाउँदा विप्लव र धर्मेन्द्रसहित नेताहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत रहेको समाजवादी मोर्चामा आवद्ध विप्लवले मोर्चाका कार्यक्रममा पनि एमसीसीको विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement