संसदीय व्यवस्था रहेसम्म नेपाल सफल हुन सक्दैन : महासचिव विप्लव


सुर्खेत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्था रहेसम्म नेपाल सफल हुन नसक्ने बताएका छन् ।

समाजवादी मोर्चाले बिहीवार सुर्खेतमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले क्रान्तिको रक्षा र शान्तिको पूर्णताका लागि समाजवादी मोर्चा बनेको बताए ।

उनले भने, ‘आजको क्रान्तिको रक्षा र क्रान्तिको पूर्णताका लागि समाजवादी मोर्चा बनेको हो । आजको संसदीय व्यवस्था रहेसम्म नेपाल सफल हुन सक्दैन ।’

संसदीय व्यवस्था त्याग्दै वैज्ञानिक समाजवादको दिशा तय गर्नुपर्ने उनले बताए । ‘नेपाललाई यहाँसम्म पुर्‍याउने माओवादी हो । नेपाली जनताको त्याग र नेताहरूको योगदानले मुलुक परिवर्तन भएको छ,’ उनले भने, ‘मोर्चाभित्रका दलका आफ्नै उद्देश्य छन् तर विश्व राजनीतिक ध्रुवीकरणले नेपालमा प्रभाव पार्दैछ । यसले देशमा जटिल परिस्थिति निम्त्याएको छ ।’

सामन्तवादलाई पछारे पनि जनयुद्धको सपना पूरा नभएको उनले बताए । ‘हामी जनयुद्धको बेलाको सफल संरचनालाई देशको संरचनामा बदल्न चाहन्थ्यौं तर अहिलेको संरचना जनयुद्धको बेलाजस्तो सफल देखिएन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement