एमसीसीले नेपाल युक्रेन बन्छ, हेरिराख्नुस् षड्यन्त्र गरिँदैछ : विप्लव


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अमेरिकी सहयोगको एमसीसी परियोजना लागू गर्दा देश युक्रेन बन्ने दाबी गरेका छन् ।

बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै विप्लवले भने, ‘एमसीसीले जस्ता खालका प्रावधानहरू लाद्न खोजेको छ, कमरेड प्रचण्ड हुँदासम्म लड्नुहुन्छ हामीलाई त्यो विश्वास छ तर अर्को खराब व्यक्ति कोही आउने बित्तिकै नेपाल युक्रेन बन्छ । हेरिराख्नुस्, यो षडयन्त्र हो,’ विप्लवले भने ।

महासचिव विप्लवले सहयोग र अनुदान नेपालले पाउने कुरा स्वाभाविक भए पनि हस्तक्षेप स्वीकार नहुने बताए । उनले भने, ‘आजसम्म कसैको पनि कसैसामु नझुकेको नेपालमाथि षडयन्त्र गरिँदैछ । कुनै न कुनै रूपले क्रान्तिकारी शक्तिहरूको अभाव हुनेबित्तिकै नेपालमा सामन्तवाद, दलाल पुँजीवादहरूले क्रान्तिको विरुद्धमा लाग्ने तयारी भएको छ । त्यसको विरुद्धमा पनि हामी लाग्छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement