नयाँ सरकारले लियो ‘विप्लव’ विरुद्ध कडा नीति, विप्लव पक्राउ गर्न पुर्जी जारी


काठमाडौं– नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’लाई पक्राउ गर्न पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले नेता विप्लवलाई पक्राउ गरेर जानकारी दिन वडा प्रहरी कार्यालय चन्द्रौटालाई निर्देशन दिएको छ ।

विप्लवको जन्मस्थान ईरिवाङ भएपनि हाल उनको स्थायी ठेगाना कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ हो । चन्दमाथी ज्यान मार्ने  उद्योग र विस्फोटक पदार्थ ओसार पसारको मुद्दाको कसुरमा गिरफ्तार गर्न लागेको प्रहरीले जनाएको छ ।

यस्तो छ विप्लवविरुद्ध जारी गरिएको पक्राउ पुर्जी –

प्रहरी निरीक्षक केशवराज ज्ञवालीले उक्त पत्रमा हस्ताक्षर गरेका छन् । चन्दको चन्द्रौटास्थित घरमा पक्राउ पुर्जी टासिएको छ । यसअघि माघ १० गते नै उनिविरुद्ध पक्राउ पुर्जी जारी गरिएपनि बुधवार भने घरमै पुर्जी टासिएको हो ।

चन्द नेतृत्वको पार्टीले प्रतिनिधीसभा र प्रदेशसभाको चुनावमा देशैभर बम विस्फोट गरेको थियो । नयां सरकार बनिसकेपछि गत साता मात्र उनको पार्टीका स्थायी समिती सदस्य हेमन्तप्रकाश ओली र केन्द्रीय नेता पदम राईसहित दर्जनौ नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement