विप्लवले मेरो नक्कल गर्न खोजे, परिस्थितिमा गुणात्मक फेरबदल भइसक्यो : प्रचण्ड 


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवले आफ्नो नक्कल गर्न खोजेको बताएका छन् । पोखरामा सोमबार सञ्चारकर्मीहरुसंग कुरा गर्दै उनले प्रचण्डले गरेको नक्कल गरेर म पनि प्रचण्ड हुन्छु भनेर सोच्नु मनोगत भएको बताए । 

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले विप्लवलाई वार्तामा आउन आग्रह गरे । उनले मुलधारको राजनीतिमा आए विप्लवलाई नै फाईदा पुग्ने दावी गरे । 

प्रचण्डले भने ‘मैले विप्लवलाई राम्रैसंग चिनेको छु, २५ वर्ष पहिले मैले गरेको कुरालाई नक्कल गर्न खोज्नुभएको छ, त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थितिमा गुणात्मक फेरबदल आइसकेको छ,उहांले कुरा बुझ्नुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस
Advertisement