काठमाण्डु – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमाथि गिद्धे दृष्टि लगाउनेहरुमाथि हमला गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार राष्ट्रियसभामा आयोजित हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले देशमाथि गिद्धेदृष्टि लगाउनेमाथि हमला गर्ने चेतावनी दिएका हुन् ।
उनले कुनै विदेशीले नेपाली भू–भागमा गिद्धेदृष्टि लगाए आफूहरु प्रतिकारमा उत्रिन तयार रहेको बताएका छन् । उनले कम्युनिष्टहरु शान्तिका दूतसमेत भएको बताएका छन् ।
‘हाम्रो देशमाथि गिद्धेदृष्टि लगाउनेमाथि हमला गर्छौं । कम्युनिष्टहरु शान्तिका दूत हुन् । हामी विद्रोह गरेर आएका हौँ । हामी विद्रोह मात्रै गर्दैनौँ, शान्तीका दूत पनि छौँ’, उनले भने ।
महासचिव विप्लवले तीन बुँदे सहमति पालना गर्ने र कुर्तक नगर्न पनि चेतावनी दिएका छन् ।
‘तीन बुँदे सहमति पालना गर्छौं । यसलाई उत्तेजनात्मक र कुतर्क गर्न जरुरी छैन् । हामी प्रतिबद्ध छौं यसलाई पालना गर्छौं’, उनले भने ।




प्रतिक्रिया