सहिदका सपना मर्न दिँदैनौं : विप्लव


नेत्रविक्रम चन्द विप्लव

नेपाल सरकार र नेकपाको बीचमा सम्पन्न सहमति हस्ताक्षर समारोह मा उपस्थित वार्ता टोलीका कमरेडहरु यहाँ उपस्थित सम्माननियि प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष । माननिय ज्यू पत्रकार बन्दु सुरक्षा निकाय उपस्थित मित्र जनसमुदाय सबैमा हाम्रो पाटीको तर्फबाट न्यानो लालसलाम व्यक्त गर्दछु ।

आदरणीय र यहाँ सहभागि मित्रहरुलाई । नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन । यसलाई सफल पार्नको निम्ति यो तीन बुदे सहमति पत्र सफलता पुर्वक तयार पारिएको छ । सफल पार्न र कायम गर्न सफल मित्र र कमरेडलाई बधाई दिन चाहान्छु । सँगसँगै हाम्रा पार्टी नेपाल सरकार र जिम्मेवार नेतृत्व गण र विभिन्न क्षेत्रबाट भूमिका पु¥याउने साहित्यकार लागायत सबैलाई धन्यवाद छ ।

हाम्रा अन्य कम्युनिष्ट पार्टीका मित्रहरु, नजिकबाट सुझाव दिने मित्रहरु सबैलाई यो अवसरमा सम्मान गर्न चाहन्छु । यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्र होइन । यो सहमति पार्टीको कुरामात्र होइन । केही नेताको कुरा होइन ।यो सहमतिको पछाडि भित्र लुकेको महान आकाँक्षा छ । नेपालालई सुन्दर देश बनाउने सपना छ । दिर्घ शान्ति स्थिरता । अहिलेसम्म पूरा नभएको समृद्धिको आकाँक्षा रहेको छ । यसलाई पुरा गर्नको लागि जसरी हामीले सम्पूर्ण क्षेत्रबाट पुरा ग¥यौ खुशी छौं धन्यवाद दिन चाह्न्छु ।

उज्यालो बनाउनको लागि आफ्नो रगत दिएका थिए । त्यसकारण आजको दिनमा सही दल आज निश्चल सपना बोक्दै उत्कृष्ठ आकांक्षा राख्दै आफ्नो जीवन दिएको थियो । यो समयमा सहिद सप्ताह मनाउने गरेका छौ ।दिलबहादुर रम्तेल झापाको जंगलमा झुण्डिएका थियो । त्यो सहिद सप्ताह मनाउने गरेका छौं । हामी एउटा गाउमा बस्दै गर्दा सहित आमाले टिका लगाईदिनु भयो । एउटा भन्नुभयो आजसम्म धेरैका इच्छा पुरा भए । सहिदको चाहना पुरा भएको छैन । जनताको चाहना पुरा भएको छैन । हामी दुःख गरेर खाने नेपालीको चाहना पुरा भएको छैन । हस्ताक्षर गर्दा यो सम्झेर गर्नुहोला ति आमाले भनिन् । उहाँको कुरा सुन्दा के भयो होला । दुःख नपाउने कम्युनिष्ट नेता छैन ।

मृत्युको नजिक नपुगेर फर्केका नेता पनि छैनौं । हामी यहि परिवेशमा छौं । आदरणीय सहिद परिवारलाई विश्वास दिलाउ कि । के सपना देखेर लागेपनि सहिदको सपना मर्न दिँदैनौं । त्यो लिएर यहाँको बीचमा उभिएको छु । वेपत्ता, घाइते, अपांग भएर बसेका यौद्धालाई सम्झनु पर्छ प्रतिबद्धता पुरा गर्नुपर्छ । अहिले पनि डेढसय भन्दा बढि हुनुहुन्छ । कमरेड छुटेर आउनु हुन्छ । छुटेर आउनुभएकोलाई स्वागत गर्न चाहन्छु । यो वातावरण बनेको छ । यसकेलागि नेपाल सरकार नेकपाले जिम्मेवारी पुरा गरेको अनुभूति भएको छ ।

शोषक, उत्पिडक छन् तर बोल्न सक्दैनौं । केही अन्यमा बोल्न खोज्छन् । तर, सक्दैनन् । हामी कम्युनिष्ट हस्तक्षेप गरेको अनुभूति हुन्छ त्यहाँ विद्रोह गर्छौं । मान्यता आकांक्षा हुँदा बोल्छौं । अलिकति गिद्धे दृष्टि लाउँदा हामी विदेशी शक्तिसँग लड्छौ । विद्रोह गर्छौ । शान्तिका दुत नै कम्युनिष्ट हो । सबैलाई निम्त्याएर हामी विचार दृष्टिकोण र आकांक्षा भने कम्युनिष्ट सँग छ । हामी त्यो सहित संघर्ष गरेका छौ ।

तीन बुदेमा हामी प्रतिवद्ध छौँ । यसमा कुनै कूतर्क, उत्तेजना आवश्यक छैन । हामी पालना गर्छैा । हामीलाई के लागेको छ भने नेपाली समाज रुपान्तरणको प्रक्रियामा अघि बढेको छ । राज्यको रुपमान्तरण पुगेको छैन ।हामी कुरा गर्ने गरेका छौं । कर्णालीमा गित गाइन्छ । जुन र घामको गीत देउडामा गाइन्छ । कहिलेकाही जुन र घामको पनि भेट हुन्छ । मेरो कुरा प्रधानमन्त्रीसँग भएको थियो । यसअघि पनि कुरा भएको थियो । कसैमाथि हमला गरेर होइन । हामी मुलुक बनाउने तर्फ थियौँ । हामी नयाँ परिवेशबाट समाजको रुपमान्तरण हुँदै आएको छ । तर, पूर्ण भएको छैन ।

आज पनि नेपालको मजदुर कमजोर किसानको अवस्था बेहाल छ । उत्पिडित समुदाय सन्तुष्ट छैनन । यो परिवेशमा जनताको प्रतिनिधि हुनुको हिसावले जहाहाम्रो असहमति त रह्यो त्यहाँ राख्यौ । पूजीवादी र बहुदलीय व्यवस्थासँग भएका बहसमा सहमत हुन सकेनौँ । आफ्नो तर्फबाट विद्रोह गरेका हौँ अघि बढेका हौं । आज अझै पनि सुरक्षीत अनुभूत गर्ने अवस्था छैन् । सबै नेता पार्टीलाई हावी भएको अनुभूति भएको छैन । हरेक घटना क्रममा ठूलो तरंग नेपालमा छौं । झुपडी महल सबैमा छ । गाउँ सहरमा छ । नेपालको युवा जहाँ जहाँ पनि पुगेको छ । त्यहाँ पनि नेपालको अनुभूति छ । देश पुगेको पछि त्यहाँ छ । त्यो प्रयोग नेपाली इतिहासमा आवश्यक छ । हामीले भनेका छौं ।

जनमत आवश्यक छ । जनतालाई नयाँ फैसला गर्ने वाताबरण आवश्यकछ । दलाल पूजिँपतिकै हुनुपर्ने हो । त्यो हामीले देखेका छौ । जनताले सोच्न पाउने स्थान नै छैन । नचाहिने स्थिती छ । हामीले काम गर्न पाउनुपर्छ । नेता दल सबैलाई चुन्यौ । नेपालको भविष्यको फैसला गर्न पाउने अधिकार दिन पाउनुपर्छ । हामी तयार छौ । आग्रह गर्छौ । युद्धको अन्त्य कसैले गर्छ भने त्यो कम्युनिष्टले गर्ने छ ।

जुन दिन कम्युनिष्ट अन्तय हुने भनको उत्पिडन नै अन्त्य हुनुपर्छ । नेपाली जनताको यसो भनेर हामी पुनः युद्धमा जाने भनेको होइन । घुम्दै घुम्दै रुम्जाटार भनेझै त्यही बाटोमा जाने होइन । हातेमालो गर्न तयार छौं । कुनै विदेशीले हमला र हेप्न खोजेमा हाम्रो जीवन धर्तिमा गाडिने छ तर झुक्दैनौं । सहभागि मित्रहरुलाई आग्रह गर्छु । यो जुन अवसर प्राप्त भको छ । त्यो नेपाली जनताको हितमा उपयोग गरौं । सफल पारौँ हामी पालना गर्ने कुरामा तयार छौं । आश्वस्त पार्दै टुंग्याउछु ।

(नेकपा महासचिवले नेत्रविक्रम चन्द विप्लवले तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा राखेको विचार ।)

प्रतिक्रिया दिनुहोस
Advertisement