मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयमा कार्यबाहक मन्त्रीको जिम्मेवारी

मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयमा कार्यबाहक मन्त्रीको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले अर्थ र परराष्ट्र मन्त्रालयमा कार्यबाहक मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल विदेश भ्रमणमा रहेकाले उनीहरूको अनुपस्थितिमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मन्त्री श्रेष्ठलाई दुवै मन्त्रालयको कार्यबाहक जिम्मेवारी तोकेका हुन् ।

अर्थमन्त्री वाग्ले विश्व बैंकका अध्यक्षको निमन्त्रणामा अमेरिकाको भ्रमणमा छन् भने जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री खनाल फिजी भ्रमणमा छन् ।