विराट कोहलीले भारतीय राष्ट्रिय क्रिकेट टोलीको कप्तानी छोड्ने, यस्तो छ कारण


काठमाण्डु – पुरुष टी२० विश्वकपपछि विराट कोहलीले आगामी नोभेम्बरमा भारतको ट्वेन्टी-ट्वेन्टी क्रिकेट टोलीको कप्तानी छोड्ने घोषणा गरेका छन् ।

तर उनले एकदिवसीय र टेस्ट खेलका लागि भारतीय राष्ट्रिय टोलीको नेतृत्व गरिरहनेछन् । सामाजिक सञ्जालमार्फत कोहलीले आफूले एकदिवसिय, वनडे, र टेस्ट खेलमा ध्यान केन्द्रित गर्न चाहेको जनाएका छन् ।

आफूलाई भारतीय टोलीको प्रतिनिधित्व गर्ने सौभाग्य मात्र प्राप्त भएको हैन अधिकतम योग्यतासहित आफूले टोलीको नेतृत्व गरेको भन्दै कोहलीले भारतीय टोलीको कप्तानीको यात्रामा आफूलाई समर्थन गर्ने सबै जनालाई धन्यवाद दिएका छन् ।

कप्तानी छोड्नुको कारण

कोहलीले लामो समयसम्म आफूले टोलीको प्रतिनिधित्व र नेतृत्व गरेको अनि आफ्ना लागि कामको चाप धेरै भएको उल्लेख गरेका छन्  ।

कामको चाप बुझ्नु एकदमै महत्त्वपूर्ण हुन्छ भन्दै उनले आफूले विगत आठ-नौ वर्ष निरन्तर तीनवटै फर्म्याटमा खेलेको अनि पाँच-छ वर्षदेखि निरन्तर कप्तानी गरेको जनाएका छन् ।

अब भारतीय टोलीको टेस्ट र वनडे फर्म्याटको नेतृत्व गर्न पूरा ध्यान दिने इच्छा उनले व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement