विराटनगरमा विवाद बढेपछि निषेधाज्ञा, भेला, सम्मेलन, र्‍याली गर्न रोक


विराटनगर – जिल्ला प्रशासन कार्यालय मोरङले अर्को सूचना जारी नभएसम्मका लागि जिल्लामा सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाएको छ ।

बिहीबार सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सभा, सम्मेलन, र्‍याली, भेला, प्रदर्शन गर्न रोक लगाइएको जानकारी दिए ।

जिल्ला सुरक्षा समितिमा छलफल भएर शान्ति सुरक्षाको खतरालाई मध्यनजर राखेर सम्भावित मानवीय क्षति कम गर्न र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न भेला गर्न रोक लगाउने निर्णय लिइएको सूचनामा उल्लेख छ ।

प्रशासनको आदेशसँगै मोरङ जिल्लाभर राजनीतिक भेला, सामाजिक भेला, धार्मिक गतिविधि लगायतका कुनै पनि कार्यक्रम गर्न नपाइने भएको छ ।

राम नवमीको दिन बुधबार विराटनगर महानगरको वडा नम्बर १५ र १७ मा ३ वटा समूहको झडप भएको थियो । अवस्था थप बिग्रिन नदिन प्रशासनले भेला र प्रदर्शनमा रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement