पार्टीलाई एकढिक्का बनाएर लैजाने कुरामा प्रतिबद्ध छु : सभापति बलायर


काठमाण्डु – नेपाली काँग्रेस सुदूरपश्चिमका नव निर्वाचित सभापति बिरबहादुर बलायरले पार्टीलाई एकढिक्का बनाएर अगाडी बढ्ने बताएका छन् । सभापति बलायरले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै पार्टीलाई एकढिक्का बनाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले भने, ‘नेतृत्व चयनका लागि हुने निर्वाचन पार्टीको आन्तरिक लोकतन्त्र हो । यसमा हामी कसैले पनि अन्यथा लिनु हुँदैन् । पार्टी पंक्तिलाई मिलाएर एकढिक्का बनाएर लैजाने कुरामा म प्रतिबद्ध छु । आपसमा वादविवाद गर्नूको कुनै अर्थ हुँदैन । कार्यकर्ताबीच सहिष्णुता हुनुपर्छ ।’

उनले नजिकै आउन लागेको अद्यावधिक निर्वाचनलाई पार्टीले महत्वका साथ लिएकाले सुदूरपश्चिममा पनि तिव्रताका साथ तयारीमा लाग्ने जनाए । पार्टीको १२ औँ महाधिवेशबाट डोटी जिल्ला सभापति बनेका बलायर १३ औँ महाधिवेशनबाट भने केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै प्यानलबाट चुनाव लडेर बलायर सुदूरपश्चिम प्रदेशको पहिलो सभापति बन्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement