पार्टीलाई एकढिक्का बनाएर लैजाने नवनिर्वाचित सभापति बलायरको प्रतिबद्धता


धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभापति वीरबहादुर बलायरले कांग्रेस पार्टीलाई एकढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट निर्वाचित सभापति बलायरले आज सञ्चारकर्मीसँगको कुराकानीमा फरक धारमा देखिएका नेतासमेतलाई मिलाएर अघि बढ्ने बता् । उनले कांग्रेसका माध्यमबाट नेपाली जनता र नेपालको भविष्य खोज्नुपर्ने बताए ।

‘हाम्रा विमति होलान् तर विमतिको सजाय कांग्रेसले भोग्न नपरोस् भन्ने कुरामा हामी सचेत छौँ र त्यही बाटोबाट पार्टीलाई अगाडि लैजान्छौँ,’ सभापति बलायरले भने । उनले अगामी निर्वाचनमा एकजुट भएर जनताको मन मस्तिष्कमा बस्न अहम् भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement