के बर्ड फ्लूले अर्को महामारीको रूप लिदैँछ ?

के बर्ड फ्लूले अर्को महामारीको रूप लिदैँछ ?

यस्तो भन्छन् वैज्ञानिकहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – हजारौँ फार्महाउसहरूमा महिनौँदेखि लुकिरहेको रोगले अर्को महामारी निम्त्याउने विषयमा वैज्ञानिकहरू चेतावनीको घण्टी बजाइरहेका छन् ।

भिअन इन्फ्लुएन्जाको उग्र रोगकारक प्रजाति एच५एन१ अहिले अस्ट्रेलियाबाहेक सबै महादेशमा पुगिसकेको छ ।

रोगहरूको विकासबारे खोज गरिरहेका अनुसन्धाताहरूले मानिसले महसुस नै नगरी बर्ड फ्लूले अर्को महामारी बन्न सक्ने तह पार गरिसकेकोबारे सचेत गराएका छन् ।

अझ स्पष्ट शब्दमा भन्नुपर्दा एभिअन इन्फ्लुएन्जाको उग्र रोगकारक प्रजाति एच५एन१ अहिले अस्ट्रेलियाबाहेक सबै महादेशमा पुगिसकेको छ । यो एन्टार्कटिकाका पेन्ग्विनहरूमा र मध्यपूर्वका उँटहरूमा पनि देखा परिसकेको छ ।

महामारीविज्ञहरू अमेरिका मात्रै नभई विश्व नै यसको नियन्त्रणका लागि आवश्यक रूपमा तयार नभएकामा चिन्तित छन् ।

यो रोग अहिले अमेरिकाका सबै ५० वटा राज्यहरूका जङ्गली चरा र स्तनधारीमा जीवमा पनि देखिइसकेको छ ।

अमेरिकमा अहिलेसम्म बर्ड फ्लू ७० जना मानिसहरूमा देखिएको छ र यसले एक जनाको ज्यान समेत लिएको छ ।

यसको फैलावट रोक्ने अवसर वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र निवर्तमान राष्ट्रपति जो बाइडन दुवै नेतृत्वका प्रशासनले गुमाएको अमेरिकी महामारीविज्ञ तथा प्राध्यापक डा. केट्लिन रिभर्स बताउँछिन् ।

महामारीविज्ञहरू अमेरिका मात्रै नभई विश्व नै यसको नियन्त्रणका लागि आवश्यक रूपमा तयार नभएकामा चिन्तित छन् ।

‘यदि हामीले यही तरिकाले यो सङ्क्रमण फैलँदै जान दियौँ र अरू जनावरहरूमा पनि सर्ने मौका दियौँ भने अहिले अमेरिकी जनावरहरूमा फैलिएको यो रोगले अर्को महामारी निम्त्याउन सक्छ कि भन्ने चिन्ता लिनुपर्ने अवस्था छ,’ टोरन्टो विश्वविद्यालयमा चिकित्सा विषयका प्राध्यापक कमरान खान भन्छ न्।

सन् २००३ यता एच५एन१बाट ७०० जना भन्दा धेरै मानिसहरू सङ्क्रमित भइसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यस्तो सङ्क्रमण १५ देशका मानिसहरूमा देखिएको थियो ।

त्यसमध्ये इन्डोनेशिया, भियतनाम र इजिप्टमा मानिसहरूमा सङ्क्रमण अन्य देशको तुलनामा उच्च देखिएको थियो ।

हालसम्म यो सङ्क्रमण जनावरबाट मात्रै मानिसहरूमा सर्ने थाहा भएको छ । तर त्यसपछि यो एउटा मान्छेबाट अर्कोमा सर्छ कि सर्दैन निश्चित छैन ।

चराहरू एक देशको सीमाभित्र मात्रै सीमित हुँदैनन् । वैज्ञानिकहरू अब चराहरूको बसाइँसराइको समयमा यो भाइरस अझै फैलन सक्नेबारे चिन्तित छन् ।

यसैवर्ष अप्रिलमा ५९ ठाउँका पोल्ट्री फार्महरूमा यो सङ्क्रमण फैलिएको थियो । अनि अमेरिका, एशिया र युरोपमा ४४ ठाउँमा यस्तो सङ्क्रमण अरू स्तनधारी र पन्छीमा देखिएको एनिमल हेल्थ अर्गनाइजेशनले जनाएको छ ।

सन् २०२४को डिसेम्बरयता अमेरिका, बेलायत, भारत, मेक्सिको, क्याम्बोडिया र भियतनाममा एच५एन१को सङ्क्रमण मानिसहरूमा पनि देखिएका छन् ।

दशकौँसम्म एभिअन फ्लू चराहरूमा मात्रै सर्ने भाइरस थियो र यसले मानिसहरूमा निकै थोरै मात्रै समस्या निम्त्याएको थियो ।

तर पछिल्लो समय फरकफरक प्रजातिका जनावरहरूमा निकै छिटो दरमा फैलिइरहेको छ ।

चराहरू एक देशको सीमाभित्र मात्रै सीमित हुँदैनन् । वैज्ञानिकहरू अब चराहरूको बसाइँसराइको समयमा यो भाइरस अझै फैलन सक्नेबारे चिन्तित छन् ।

घरपालुवा जनावरलाई खोप लगाउने विषय पनि विवादास्पद छ । आफ्नो फार्मका जनावरको बथान नष्ट गर्न बाध्य भएका किसानहरू कुखुरा र चराहरूमा खोप लगाउने कुरामा जोड दिन्छन् । तर यो कुरा पनि कहाँ सजिलो छ र?

हालसम्म यो सङ्क्रमण जनावरबाट मात्रै मानिसहरूमा सर्ने थाहा भएको छ । तर त्यसपछि यो एउटा मान्छेबाट अर्कोमा सर्छ कि सर्दैन निश्चित छैन ।

ठूलो संख्यामा खोप लगाउने कुरा निकै कठिन छ । केही फार्मका कुनैकुनै जनावरमा मात्रै खोप लगाइयो भने पनि त्यसले उनीहरूमा प्रतिरोधी क्षमता विकास गर्न मद्दत गर्न सक्ने बेलायतकोे एक निकायका एभिअन इन्फ्लुएन्जा प्रमुख डा मुनिर इकबाल बताउँछन् ।

अमेरिकासहित अन्य केही देशका सरकारी निकायहरूले एभिअन फ्लूका दशौँ लाख खोपहरू मानिसमा लगाउन जम्मा गरिरहेका छन् । विशेष गरी जनावरसँग नजिक रहेर काम गर्नुपर्ने मानिसहरूलाई दिइन्छ ।