काठमाण्डु– चालु आर्थिक वर्षको १० महिनामा वीरगन्ज नाका हुँदै २० अर्ब ७९ करोड मूल्यको खाद्यान्न आयात भएको छ ।
गत आवको सोही अवधिमा ३ अर्ब ८७ करोड अर्थात् १५ प्रतिशतले आयात घटेको हो ।
गत आवको १० महिनामा वीरगन्ज नाकाबाट २४ अर्ब ६६ करोड मूल्य पर्ने १६ थरिका खाद्यान्न आयात गरिएको थियो ।
चालु आवमा १० अर्ब ९४ करोड मूल्य पर्ने धान, ५ अर्ब ३१ करोड मूल्यको मकै आयात र २ अर्ब ८५ करोडको चामल आयात भएको छ । यसैगरी ५९ करोडको माल्ट र ३३ करोड मूल्य बराबरको फापर, कोदो र अन्य खाद्यान्न आयात भएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए।




प्रतिक्रिया