वीरगञ्जमा पुनः निषेधाज्ञा जारी

वीरगञ्जमा पुनः निषेधाज्ञा जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– वीरगञ्जमा पुनः निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै शुक्रबार साँझ ५ बजेदेखि भोलि शनिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको जनाएको हो ।

सुनसरी घटनालाई लिएर वीरगञ्जमा पनि प्रदर्शन चर्किन थालेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

प्रजिअ भोला दाहालले पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकाराचार्य गेटमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।