वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित छ : उपाध्यक्ष पौडेल


बुटवल – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारको ध्यान सत्ता टिकाउनमा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् ।

आज शनिवार बुटवलमा पुस्तक व्यवसायीको कार्यक्रममा उनले भने, ‘जनताका समस्या समाधानप्रति सरकारले कुनै चासो र ध्यान दिएको छैन । सरकार सत्ता र शक्ति बचाउनमा मात्र लागिपरेको छ ।’

उपाध्यक्ष पौडेलले देशका तमाम समस्या समाधान गर्न वर्तमान सरकारले नसक्ने दाबी गरेका छन् ।

उनले भने, ‘वर्तमान सरकार, जनताका मुद्दा, चासो, समस्याका विषयमा सरकार जानकार छैन । जनताका समस्या समाधान गर्न एमाले नेतृत्वको आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement