परराष्ट्रमन्त्री चीनमै रहेका बेला एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान


काठमाण्डु – नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल आज चीन प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमै रहेका बेला सत्तारुढ दल एमालेका प्रभावशाली नेता पौडेल समेत चीन भ्रमणमा गएका हुन् ।

उनलाई चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागले भ्रमणको लागि निम्तो दिएको हो । पौडेल चीनको हेनान प्रान्तमा हुने बोहाओ फोरम फर एशियाको एनुअल कन्फ्रेन्समा समेत सहभागी हुनेछन् । चीन भ्रमणमा उनले चिनियां कम्युनिष्ट पार्टीका उच्चस्तरिय नेतासंग समेत भेटवार्ता गर्नेछन् ।

उनले सम्मेलनमा सम्बोधन समेत गर्ने कार्यक्रम छ । बोहाओ फोरम २६ देखी २९ मार्च सम्म हेनानको सान्यामा आयोजना हुंदैछ । नेपालबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले उक्त सम्मेलनमा भाग लिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement