‘चरी जेलैमा’ पछि विष्णु माझीबारे मानव अधिकार आयोगकाे चासो, माइती घरमा पुग्याे प्रहरी


काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले चर्चित गायिका विष्णु माझीबारे चासो देखाएको छ । ‘चरी जेलैमा’ गीत चर्चित भएपछि मानव अधिकार आयोगले गायिका माझीको अवस्थाबारे चासो देखाएको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले सामाजिक सञ्जालहरुमा विष्णु माझीको अवस्था सार्वजनिक गर्नुपर्ने आवाज उठिरहेकाले आफूहरुले उनको परिवारसँग बुझ्ने प्रयास गरेको बताए । उनले आयोगले जिल्ला प्रशासन कार्यालय स्याङ्जा र प्रहरीलाई माझीबारे थप जानकारी उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिए ।

स्याङ्जाका  प्रहरी प्रमुख एवं एसपी होविन्द्र वोगटीलाई फोन गरेर आवश्यक जानकारी गराउन आयोगले आग्रह गरेको हो । तर, प्रहरीले उनको माइती घरमा पुग्दा कसैलाई पनि फेला नपारेको रिपोर्टिङ गरेको छ । विष्णुका बाबु आमाको निधन भइसकेको घरमा कसैसँग पनि भेट नभएको प्रहरीको भनाई छ ।

२०७५ सालमा पनि विष्णु माझीको अवस्था सार्वजनिक गर्न आवाज उठेका थिए । पछि प्रहरीले विष्णु र उनका श्रीमान सुन्दरमणी अधिकारीलाई बोलाएर सोधपुछ गरेको थियो । प्रहरी समक्ष गायिका माझीले आफू श्रीमानसँग खुसी रहेको र राजीखुसीले गुमनाम बसेकाे बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement