अध्यक्ष प्रचण्डलाई भेटेपछि महासचिवले भनेः परिस्थिति धेरै गम्भीर छ


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टी गम्भीर मोडमा पुगेको बताएका छन् ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि महासचिव पौडेलले नेकपा गम्भीर स्थितिमा पुगेको बताएका हुन् । उनले पार्टीभित्रको ‘परिस्थिति धेरै गम्भीर’ रहेको बताए ।

पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डसहित महासचिव पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलबीच भेटवार्ता भएको थियो ।

गत कात्तिक २८ गतेको सचिवलाय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावपछि आक्रोशित बनेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले काउण्टरमा अर्को प्रस्ताव ल्याउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement