एमाले कार्यदलमा सहमति हुन सक्छ : नेता रिजाल


काठमाण्डु – नेकपा एमालेका नेता विष्णु रिजालले एमाले एकताका लागि गठित कार्यदलमा सहमति हुनसक्ने बताएका छन् । नेता रिजालले बुधबार सामाजिक सञ्जालमार्फत एमालेमा पूर्वसंरचना पुनर्स्थापना र विधान कार्यान्वयनका बारेमा कार्यदलमा सहमति हुन सक्ने बताएका हुन् ।

तर, उनले समस्या त्यतिमा मात्रै समाधान नहुने उल्लेख गरेका छन् । ‘तर समस्या त्यतिमा समाधान हुन्छ जस्तो लाग्दैन,’ उनले भनेका छन् । नेता रिजालले पार्टी एकताका लागि राजनीतिक रूपमा सहमति र विश्वासको वातावरण निर्माण गर्न अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपाल आपसमा भेटवार्ता गर्नुपर्ने समेत बताएका छन् ।

‘राजनीतिक रूपमा उच्चतम सहमति र विश्वासको वातावरण निर्माण गर्न अध्यक्ष केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपाल आपसमा बस्न जति ढिला हुन्छ, एकता प्रक्रिया स्वतः त्यति नै ढिला हुन्छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement