केन्द्रीय कमिटी बैठकले स्थायी कमिटीको टुंगो लगाउँछ : विष्णु रिजाल


काठमाण्डु – नेकपा एमालेको १० औं महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । चितवनको सौरहामा सम्पन्न महाधिवेशनले केपी शर्मा ओलीलाई नै ३ सय १ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

नेतृत्व चयनका काम सम्पन्न भएसँगै एमालेले विभिन्न कमिटीहरु गठन गर्नेछ । १९ जना पदाधिकारीसहित ४५ जना स्थायी कमिटी सदस्य रहने व्यवस्था छ । केन्द्रीय सदस्य विष्णु रिजालले २५ र २६ गते बस्ने केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटी सदस्यको टुंगो लगाउने बताए ।

‘विधानमा ४५ जना स्थायी कमिटी रहने प्रावधान छ । तर, नेताहरुबीच कति राख्ने भन्ने विषयमा छलफल भएपछि मात्रै टुंगो लाग्छ,’ उनले भने । त्यस्तै ३१ जना मनोनितको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement