काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो मानवीय मामिला सल्लाहकारमा नियुक्त गरेका छन् ।मन्त्रीस्तरीय निर्णयअनुसार भदौ २४ गते पराजुलीलाई आगामी मंसिर मसान्तसम्मका लागि अवैतनिक सल्लाहकारमा नियुक्त गरिएको हो।
भोटेकोशी बाढीपछि मन्त्रालयले निर्वाह गर्नुपर्ने मानवीय हितसम्बन्धी कार्यमा सहयोग पुर्याउने उद्देश्यले छोटो अवधिका लागि पराजुलीलाई नियुक्त गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
संयुक्त राष्ट्रसंघ (यूएन) मा लामो तथा गहन अनुभव हासिल गरेका पराजुलीको विज्ञता नेपालमा विपद्पछिको मानवीय राहत, पुनर्स्थापना तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका क्षेत्रमा उपयोगी हुने मन्त्रालयको विश्वास छ।
मन्त्रालयका अनुसार पराजुलीको अनुभवले विपद्पछिका मानवीय कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अर्थमन्त्री वाग्लेले पराजुलीलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै सफल कार्यकालको शुभकामना दिएका छन् ।




प्रतिक्रिया