कांग्रेस विवादबारे विश्वप्रकाश : अदालत होइन, संवाद रोजौं

कांग्रेस विवादबारे विश्वप्रकाश : अदालत होइन, संवाद रोजौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएका विवाद बाहिर लैजानुभन्दा आन्तरिक संवादबाटै टुंग्याउनुपर्ने बताएका छन् ।

शनिबार कांग्रेसले आयोजना गरेको ‘ग्रीन रन’ उद्घाटनका क्रममा शर्माले पार्टीभित्रका असहमति र समस्या पार्टी कार्यालयमा बसेर आपसी छलफलमार्फत समाधान गर्नुपर्ने बताए ।

विशेष महाधिवेशनपछि बनेको नेतृत्वलाई अस्थायी प्रकृतिको बताउँदै उनले आगामी असोजमा हुने केन्द्रीय महाधिवेशनमा पार्टीका विभिन्न पदमा प्रतिस्पर्धा गर्न सबै नेता कार्यकर्ताका लागि बाटो खुला रहेको उनको भनाइ थियो ।

शर्माले राजनीतिक दलको जिम्मेवारी निर्वाचन जितेर सरकार बनाउने विषयमा मात्र सीमित हुन नहुने उल्लेख गरे ।

संविधान निर्माण तथा संशोधनसँगै समाज र नागरिकका सवालमा पनि दलहरूले आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा उनले बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरे ।

दोषीलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै भइरहेको प्रदर्शनमा ऐक्यबद्धता जनाउँदै उनले घटनाका दोषीमाथि कडा कारबाही हुनुपर्ने बताए ।