गण्डकीका मुख्यमन्त्रीलाई विश्वप्रकाशको सुझावः हेक्का रहोस् ! सोचेर बोल्नोस्


काठमाण्डु – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आलोचना हुने काम नगर्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई सझुाव दिएका छन् ।

मंगलबार ट्वीटरमार्फत प्रवक्ता शर्माले नवनियुक्त मुख्यमन्त्री नेपालीलाई आलोचित हुने काम गर्न सुझाव दिएका हुन् । उनले फुकेर चल्न र सोचेर बोल्न सुझाव दिएका छन् ।

‘गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यु ! राम्रो सावित हुन धेरैवटा राम्रो गर्नुपर्छ । आलोचित हुन एक गल्ती या एक भ्रम काफी हुन्छ । फुकेर चल्नोस्, सोचेर बोल्नोस्, सहि निर्णय गर्नोस्, समय शंवेदनशील छ’, उनले भनेका छन् ।

प्रवक्ता शर्माले मुख्यमन्त्री नेपालीको कर्मसँग पार्टीको आगामी छवि गाँसिएको भन्दै प्रदेश सरकारको औचित्य स्थापित गर्ने अवसरलाई सकारात्मक सन्देशले प्राण भर्न आग्रह गरेका छन् ।

‘हेक्का रहोस् तपाईंको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ । तर, नभुल्नुहोस् संसदीय दलको नेता एउटा पार्टीको हुन्छ, मुख्यमन्त्री सबैको,’ शर्माले भनेका छन्, ‘प्रदेश सरकारको औचित्य स्थापित गर्ने अवसरलाई सकारात्मक सन्देशले प्राण भर्नुहोस ।’

प्रतिक्रिया दिनुहोस
Advertisement