झापा-१ मा विश्वप्रकाश शर्माको जित निश्चित


काठमाण्डु – झापा क्षेत्र नम्बर १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको जित निश्चित भएको छ । गन्न बाँकीभन्दा बढी मतले शर्मा अगाडी रहेकोले उनको जित निश्चित भएको हो ।

ताजा अपडेटअनुसार विश्वप्रकाशले ३४ हजार ५ सय ८ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका अग्नि खरेल २१ हजार ८ सय २८ मतका साथ दोस्रो स्थानमा छन् ।

अब यहाँ ११ हजार ३ सय ९१ मत गन्न बाँकी छ । शर्मा र खरेलको मतान्तर १२६८० रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement