काठमाण्डु – नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले व्यापारीहरूको मनोबल झन् गिराउने काम गरेको बताएका छन् ।
बुधबार नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘विध्वंश पछिको अर्थतन्त्र: कारण र चुनौती’ विषयक चौथो प्यानल छलफलमा बोल्दै उनले विगत १–२ वर्षदेखि नै पैसा भएर पनि देशमा लगानी नभएको अवस्थामा जेनजी आन्दोलन भएको भन्दै त्यसले झन धेरै व्यापारीको मनोबल गिराउने काम गरेको बताए ।
उनले भने, ‘विगत १–२ वर्षदेखि नै पैसा थियो तर लगानी भइरहेको थिएन । व्यापारीहरुको मनोबल गिर्दै गिर्दैै गइरहेको थियो । त्यसको लागि चाहिने जुन बिगपुस छ, त्यो भइराखेको थिएन । हामी आफैंले पनि ठूलो लगानीहरू आकर्षित गर्न सकिराखेका थिएनौं । जुन–जुन कुराले अर्थतन्त्रलाई गति दिन्थ्यो, जुन पोलिसी रिफर्महरू चाहिन्थ्यो, जसले लगानी बढाउन सक्थ्यो, त्यो भएको थिएन । त्यो अवस्थामा जेनजी आन्दोलनको घट्ना भयो । यसले एक हदमा त्यो मनोबल झन गिराउने काम गरेको छ ।’
उनले लगानी काठमाण्डुमा मात्र बढी केन्द्रित भएको भन्दै सबै क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखेका छन् ।





प्रतिक्रिया