काठमाण्डु– नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले शपथ ग्रहण गरेका छन् ।
बुधबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शपथ खुवाएका हुन्।
शपथ सकेर बैठकमा सहभागी हुन अर्थ मन्त्रालय जानेछन् भने त्यसपछि उनी राष्ट्र बैंकमा पुगेर गभर्नरको कार्यभार सम्हाल्नेछन्।
सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेललाई नियुक्त गरेको थियो । मन्त्रिपरिषद्बाट नियुक्त भएका गभर्नरले प्रधानन्यायाधीशबाट शपथ लिने संवैधानिक व्यवस्था छ।
प्रतिक्रिया