प्रधानमन्त्रीज्यू आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्ः विश्वप्रकाश शर्मा

प्रधानमन्त्रीज्यू आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्ः विश्वप्रकाश शर्मा


काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले मन्त्रीहरूको बोलीमा लगाम लगाउनुपर्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै उनले उक्त कुरा बताएका हुन् ।

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले धादिङमा सडक अनुगमन गर्ने क्रममा ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्ति दिएका थिए । सोहीलाई लक्ष्य गर्दै उपसभापति शर्माले प्रधानमन्त्री बालेन शाहले मन्त्रीहरूको बोलीमा लगाम लगाउनुपर्ने बताएका हुन् ।

‘मन्त्रीजी भन्नुहुन्छ- खुट्टा भाँचिदिनु । समाज कता जाँदैछ ? के हामी त्यो देशको झैं कानुन , न्याय र समाज स्थापित गर्न चाहन्छौं ?,’ उनले भनेका छन्, ‘जहाँको कथा छ – कसैले चोरी गरेको सजायमा दुवै हात काटिन्छ, के त्यस्तै समाज ? प्रधानमन्त्रीज्यू आफ्ना मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस् ।’