एयरपोर्टका सुरक्षाकर्मीलाई डीआईजी पोखरेलको निर्देशनः बोली–बचनमा नचुक्न !


काठमाडौं – महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतामा विशेष ख्याल गर्न निर्देशन दिएका छन् ।

आइतबार विमानस्थल सुरक्षा कार्यालयको निरीक्षणमा गएका पोखरेलले जनताको मानवअधिकारको संरक्षण गर्दै सुरक्षा र चेकजाँचमा ध्यान दिन निर्देशन दिएका हुन् ।

उनले व्यवहार, बोली, बचनमा कहीँ कतै नचुक्न र नझुक्न निर्देशन दिए ।

‘तपाईंहरूको बोली, बचन र व्यवहार राज्य संयन्त्रको सक्रियताको प्रतिबिम्ब हो । यसलाई ख्याल राख्नू,’ पोखरेलले भने ।

निरीक्षणमा रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवाली र किरण बज्राचार्ज पनि थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement