काठमाण्डु- विस्का जात्राको ल्योसिँद्य (लिंगो) उठाउन सकिएको छैन । भक्तपुरको विस्का जात्रामा उठाइने ५५ हात लामो लिंगो आइतबार राति १ बजेसम्म उठाउने प्रयास भए पनि सोमबार बिहानसम्म त्यो सम्भव भएन।
नउठेको लिंगोलाई सोमबार उठाएर सोमबार नै ढाल्ने परम्परा छ। दिउँसो उठाउन सकिए पनि ढाल्ने काम साँझ मात्रै हुने परम्परा छ।
दशकपछि यो वर्ष लिंगो उठाउन नसकिएको हो। विगतमा पनि कहिलेकाहीँ तोकिएको दिनमा लिंगो उठाउन सकिएको थिएन्। ५५ हात लामो र ठूलो लिंगो उठाउन सयौँ युवालाई घण्टौँ समय लाग्छ।
प्रतिक्रिया