गभर्नर पौडेलको सम्पत्ति ४५ तोला सुन, १४ करोडको सेयर लगानी, अन्य कति ?

गभर्नर पौडेलको सम्पत्ति ४५ तोला सुन, १४ करोडको सेयर लगानी, अन्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्नाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

पौडेलले आफू र पत्नी प्रतिभा शर्माको नाममा रहेको सम्पत्ति विवरण राष्ट्र बैंकमा पेस गरेका हुन् ।

विवरण अनुसार उनको सेयरबजारमा १४ करोडमाथिको लगानी गरेको छ । सानिमा बैंकमा प्रवर्धक सेयर २ लाख ४४ हजार १७६ कित्ता २.४४ करोड बराबरको रहेको विवरणमा उल्लेख छ । यस्तै सानिमा मिडल तमोर हाइड्रोमा १ करोड ८८ लाख, संयुक्त ऊर्जा हाइड्रोपावरमा ५ करोड, चितवनको इनर्जी लिमिटेडमा २ करोड ५० लाख, सानिमा माई हाइड्रोमा ९२ लाख रुपैयाँको सेयर लगानी देखिएको छ।

यस्तै ४५ तोला सुन (पैतृक) र १५ लाख मूल्यको हिरा (स्वआर्जित) रहेको विवरणमा उल्लेख छ ।

यस्तै पौडेलसँग ललितपुरको भैसेपाटीमा पत्नीको नाममा ५ आना २ दाम जग्गा र २७९५ वर्गफिटको १.५५ करोड मूल्य बरावरको घर रहेको छ भने गैंडाकोट, नवलपरासीमा ६० लाख मूल्यको घरजग्गा रहेको छ ।

उनले पत्नीको नाममा २०७७ भदौमा ४४ लाखको सुजुकी कार किनेका छन् भने तीन बैंकमा कुल २०.६८ लाख रुपैयाँ रहेको छ ।