भाजपाका विदेश विभाग प्रमुख चौथाईवाले काठमाडौंमा

भाजपाका विदेश विभाग प्रमुख चौथाईवाले काठमाडौंमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख नेपाल भ्रमणमा आएका छन् । भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवाले तीन दिने नेपाल भ्रमणका लागि आज काठमाण्डु आएका हुन् ।

तीन दिने भ्रमणको क्रममा उनले प्रधानमन्त्री, सत्ता गठबन्धनका प्रमुख नेताहरू, प्रतिपक्षी दलका नेताहरू, मधेशी मोर्चाका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । चौथाईवालेको भ्रमण विशुद्ध सम्बन्ध प्रगाढ बनाउनमा केन्द्रित रहेको जनाइएको छ ।