काठमाण्डु – भाजपा नेता भगतसिंह कोश्यारी नेपाल भ्रमणमा आएका छन् । कोश्यारी यसअघि महाराष्ट्रको गभर्नर समेत थिए ।
उनको भ्रमणको एजेण्डा स्पष्ट नभएपनि कोश्यारी बुधवार काठमाण्डौं पुगेको स्रोतले बतायो ।
उत्तराखण्ड घर भएका कोश्यारी अहिले सोल्टी होटलमा बसिरहेका छन् । उनले राजनीतिक भेटवार्ता सुरु गरिसकेका छन् ।
कोश्यारीको भारतीय संस्थापनसंग खास्सै सुमधुर सम्बन्ध छैन् । उनी पोखरामा भइरहेको कोटीहोम यज्ञमा सहभागी हुने निकट स्रोतले बतायो ।
प्रतिक्रिया