कांग्रेस नेता सिंधिया बीजेपीमा प्रवेश,दिईयो राज्यसभामा टिकट


एजेन्सी – भारतिय कांग्रेसका नेता ज्योतिरादित्य सिंधिया बीजेपी प्रवेश गरेका छन् । पुर्व मन्त्री समेत रहेका नेता सिंधियाले कांग्रेससंगको १८ वर्षे सहयात्रा त्याग्दै भारतिय जनता पार्टीमा प्रवेश गरेका हुन् । उनलाई बीजेपीका केन्द्रीय अध्यक्ष जेपी नड्डाले बुधवार पार्टी कार्यालयमा बीजेपीको सदस्यता दिएका थिए । सिंधियाले वीजेपी प्रवेश गर्दै भने ‘वर्तमान अवस्थामा जो कांग्रेसमा छ त्यो कांग्रेस पार्टी आज रहेन् जो पहिला थियो । ’

बुधावार नै बीजेपी मुख्यालयले सिंधीलाई राज्यसभाको टिकट समेत दिएको छ । उनले कांग्रेसमा सुरुमा मुख्यमन्त्री बन्न खोजेपनि अन्तिममा मध्यप्रदेशको मुख्यमन्त्री कमलनाथ बनेका थिए । पछिल्लो समय राज्यसभा सदस्यमा पनि उनलाई कांग्रेसले अघि नबढाउने भएपछि सिंधीयाले पार्टी परित्याग गर्ने फैसला गरेका हुन् ।

मध्यप्रदेशको राजपरिवारबाट राजनीतिमा आएका सिंधीया प्रतिभाशाली नेताका रुपमा चिनिन्छन् । उनी कांग्रेस आईको सरकारमा पटक पटक मन्त्री समेत बनेका थिए । मध्यप्रदेश कांग्रेसमा सिंधियाले कांग्रेसबाट राजीनामा दिएसंगै उनि निकट २२ विधायक र ६ मन्त्रीले राजीनामा दिएका थिए ।

सिंधियाको बीजेपी प्रवेशसंगै मध्यप्रदेशमा पनि बीजेपीको सरकार बन्ने भएको छ । सिंधीया र कांग्रेस नेता राहुल गान्धी सहपाटी हुन् । उनले अमेरिकाको हार्वड र स्टेनफर्ड विश्वविद्यालयजस्ता शैक्षिक संस्थामा अध्ययन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement