के महाराष्ट्रमा बीजेपीको पासा पल्टेला त ?


एजेन्सी – महाराष्ट्रको राजनीतिमा शनिबार एक लामो दिन थियो । उक्त दिन भारतको राजनीतिमा जुन खेल देखियो सायद पहिले कहिलेपनि देखिएको थिएन होला ।

शुक्रबार बेलुकी शिवसेनाका उद्वव ठाकरेलाई मुख्यमन्त्री बनाइरहेको राष्ट्रवादी कांग्रेस पार्टीका अजित पवार विहान भाजपाका देबेन्द्र फणनवीससँगै उप मुख्य मन्त्रीपदको शपथ लिदै गरेको देखियो ।

महाराष्ट्रको राजनीतिको बोर्डमा अजित पवारको यो चालले सबैलाई अचम्मित पारिदिएको थियो । यसले उनलाई नजिकैबाट चिन्नेहरुका लागि समेत यो घटना अचम्ममा पार्ने खालको थियो ।

साझ हुदाहुदै राजनीतिको यो बाजी पुरै फेरिएको देखियो । अजित पवारलाई राजभवनमा भाजपाको सरकार बनाइरहेका मुख्य मन्त्री देवेन्द्र फडणवीससँग सपथ लिइरहेको हेर्ने एनसीपीका कैयौ विद्यायक बेलुका हुदा पार्टी नेता शरद पवार भएको ठाउमा पुगे र सत्ताको खेलको समीकरण फेरी बदलियो ।

यसको लेखाजोखा गर्नेहरु को फाइदामा गए र को घाटामा गए भन्ने लेखाजोखा गर्दै गए । महाराष्ट्रका वरिष्ठ पत्रकार प्रमोद चांचुवारका अनुसार देवेन्द्र फडणवी सबै भन्दा घाटामा परेका छन् ।

चांचुवारले भने, ‘हालको समीकरण हेर्दा सबैभन्दा बढी गुमाउने फडणवीस हुनेछन् । किनकी शिवसेना, कांग्रेस तथा एनसीपीले आफ्ना विद्यायकलाई आफ्नै पक्षमा राखेका छन् र उनका लागि बहुमत सावित गर्न कठिन हुनेछ ।’

वरिष्ठ पत्रकार समर खडसका अनुसार बीजेपी असफल हुने सम्भावना धेरै छ । समर भन्छन्, ‘२५ नोभेम्बरमा विद्यायकले शपथ लिनु पर्छ । त्यसपछि विधानसभा अध्यक्षको मुद्धा आउनेछ । यदी बीजेपीलाई आफ्नो विधानसभा अध्यक्ष बनाउन नसक्ने लाग्यो भने उसले विधानसभामा गडबडी गर्न सक्छ । यो गडबडीका कारण सदन स्थगित हुन सक्छ र यो राज्यमा फेरी राष्ट्रपति शासन लागु हुन सक्छ ।’

समरका अनुसार राज्यपाल मध्यावधी चुनावको घोषणा पनि यसै तर्कका अनुसार गर्न सक्छन् कि उनी सबै विकल्प प्रयोग गर्न सक्छन् ।महाराष्ट्रको राजनीतिको यो नयाँ अचम्म लाग्ने खेलको पहिलो चाल बीजेपीले सुरु गरेको छ । तर उसको यो चलाखी उल्टो पनि पर्न सक्छ ।

यसको जवाफमा समर खडस भन्छन्, ‘यो खेल बीजेपीले खेलेको हो । मलाई लाग्छ कि यो खेलमा सबैभन्दा ठूलो गुमाउनेमा न त एनसीपी हो न त कांग्रेस तथा शिवसेना नै हो । यसमा सबैभन्दा ठूलो गुमाउनेमा बीजेपी हुनेछ । किनकी उसँग हाल सम्म पनि पर्याप्त संख्या छैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement