काठमाण्डु- पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले आज सेमिफाइनल खेल खेल्दै छ ।
मुल्तानमा हुने पहिलो सेमिफाइनल खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्न लागेको हो । खेल अपरान्ह पौने १२ बजेदेखि सुरू हुनेछ ।
नेपालले लिग चरणमा दुई जित र तीन हारसहित ४ अंक र भारतसँगको खेलमा वाकओभरमार्फत पाएको ६ अंकसहित शीर्ष चारमा रहँदै सेमिफाइनलमा स्थान बनाएको थियो । नेपाल पहिलोपटक ब्लाइण्ड क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
नेपाल श्रीलंकासँग ७० रनले, बंगलादेशसँग ६७ रनले पराजित भएको थियो । त्यसपछि अफगानिस्तानलाई १०८ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले दक्षिण अफ्रिकामाथि ११ रनको रोमाञ्चक जित निकालेको थियो ।
पाकिस्तानसँग नेपाल लिग चरणमा १० विकेटले सहजै पराजित भएको थियो । लिग चरणमा अपराजित रहँदै शीर्ष स्थानमा रहेको पाकिस्तान उपाधिकै दाबेदार टोली हो ।
प्रतिक्रिया