बलिउडका चर्चित गायक मिक्का सिंह दुबईबाट पक्राउ


एजेन्सी – बलिउडका चर्चित गायक मिक्का सिंहमाथि यौन दुव्र्यहारको आरोपमा दुबई प्रहरीले पक्राउ गरेको छ । मिडिया रिपोर्टकाअनुसार उनीमाथि ब्राजिलकी एक मोडलले यौन दुव्र्यहार गरेको आरोप लगाएकी हुन् ।

बुधबार राति ३ बजे दुवई प्रहरीले मिक्कालाई पक्राउ गरेको हो । मिक्काले अश्लिल खाले तस्बिर आफुलाई पठाउने गरेको आरोप ती युवतीले लगाएकी छिन् । मिक्का सिंह सांगितिक कार्यक्रमका लागि दुवईमा थिए । मिक्का सिंहलाई आबु धावीको जेलमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement