पुल्चोकमा बम राखेर भाग्दै गर्दा विप्लव नेकपाका श्याम महर्जन पक्राउ

पुल्चोकमा बम राखेर भाग्दै गर्दा विप्लव नेकपाका श्याम महर्जन पक्राउ

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरको पुल्चोकमा बम राखेर भाग्दै गरेको अवस्थामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका श्याम महर्जन पक्राउ परेका छन्। शुक्रबार साँझ ललितपुरको पुल्चोकमा बम राखेर भाग्दै गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका श्याम महर्जन पक्राउ परेका हुन्।

स्थानीयले खबर गरेपछि पुल्चोकस्थित महानगरीय प्रहरी प्रभागबाट तत्काल खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको ललितपुर महानगरीय प्रहरी परिसरका एसएसपी टेकप्रसाद राईले बताए ।

उनले राखेको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको छ। पक्राउ परेका महर्जन विप्लव नेकपाको केन्द्रीय सदस्य रहेको खुलेको छ।