काठमाडौं – शुक्रबार बेलुकी ललितपुरस्थित नक्खुमा बम विस्फोट हुंदा एक जनाको मृत्यु तथा २ जना घाइते भएपछि अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा बादल मेडिसिटी अस्पताल पुगेका छन् ।
नख्खुको एनसेल कार्यालय अगाडि शुक्रबार बेलुका बम बिस्फोट हुँदा ४९ वर्षका सिंहप्रसाद गुरुङको मृत्यु भएको छ । यस्तै २६ वर्षकी प्रतीक्षा खड्का र २५ वर्षकी उरुषा मानन्धर घाइते भएका छन् ।
घाइते दुवैको उपचार मेडिसिटी अस्पतालमा हुँदैछ । यस्तै उपचारकै क्रममा सिंहप्रसादको मृत्यु भयो । गृहमन्त्री थापा अवस्था बुझ्नका लागि अस्पताल पुगेका हुन् । गृहमन्त्री थापाले घाइतेको उपचारको जिम्मा सरकारले लिने बताएका छन् । यस्तै घटनाको छानबिन हुने र संलग्नलाई कारवाही हुने बताए ।
प्रतिक्रिया