गोदावारीस्थित घरको बरण्डामा भेटिएको ‘ग्रिनेड’ बम सेनाको टोलीद्धारा निष्क्रिय


काठमाडौं – ललितपुरको गोदावरी नगरपलिका–५ स्थित एक घरमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

सोमबार बिहान सात बजेको समयमा लेलेस्थित स्थानीय शुकराम मिजारको घरमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले दिउँसो साढे १ बजे बम निष्क्रिय पारेको हो ।

मिजारको दुई तले घरको पहिलो तलाको बरण्डामा भेटिएको उक्त बम ह्याण्ड ग्रिनेड बम भएको महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी कृष्णराज ओझाले जानकारी दिए ।

उक्त बम कसले किन राख्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement