काठमाडौं – ८ वर्ष अगाडि काठमाडौंको बबरमहलमा भएको बम बिस्फोटका दोषीलाई सरकराले रिहा गरेको छ । रिहा हुनेमा मकवानपुर पदपोखरी पानतलेका संयुक्त जातीय मोर्चाका नेता बुद्धिबहादुर गोले छन् ।
प्रजातन्त्र दिवसको अवसरमा गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गोलेको कैद सजाय मिनाहा गरेकी हुन् । राष्ट्रपति भण्डारीले गोलेसहित ३ सय २९ जना कैदीको कैद सजाय मिनाहा गरेकी हुन् ।
राष्ट्रपतिले कैद सजाय मिनाहा गरेकी गोले २०६८ साल फागुन १५ गते बबरमहलमा भएको बम विस्फोट गर्ने समूहको कोर सदस्य हुन् ।
जगन्नाथदेवल कारागारमा कैद भुक्तान गरिरहेका ६७ वर्षीय गोलेलाई सरकारले छाड्नका लागि सिफारिस गरेको थियो।
विष्फोटमा परी धादिङ बैरेनीका २२ वर्षीय कृष्णबहादुर तामाङ र ७० वर्षीय वीरबहादुर लामाको घटनास्थलमै मृत्यु भएको थियो । सात जना घाइते भएका थिए ।
संयुक्त जातीय मुक्ति मोर्चाका प्रवक्तासमेत रहेका विश्वक्रान्तिसहित एक दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको थियो ।
बम विस्फोट गर्नका लागि उपत्यकामा मोर्चाले गोलेलाई खटाएको थियो । उनले एक महिनाअघि नै बम विस्फोट गर्ने स्थानको रेकी गर्नुको साथै सिनामंगलस्थित कोठामा योजनाहरू बनाउने गर्दथे ।




प्रतिक्रिया