पूर्व परराष्ट्रमन्त्री पाण्डेको ‘क्रान्ति र प्रतिक्रान्ति’ पुस्तक बजारमा आउंदै 


काठमाडौं – पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेद्वारा लिखित पुस्तक ‘क्रान्ति र प्रतिक्रान्ति’ प्रकाशन हुने भएको छ । बहुचर्चित एवम् बेस्ट–सेलर पुस्तक कूटनीति र राजनीतिका लेखक पाण्डको यो पुस्तकमा २०६३ सालदेखि पर्दापछाडि भैरहेका घटनाहरु, सत्ताको अतृप्त तृष्णाबाट उत्पन्न भिडन्त तथा विदेशी शक्तिहरुको कुटिल खेलमा फसेर भएका प्रतिक्रान्तिहरुका विवरण समेटिएको छ ।

साथै, राजनीति र समाजनीति, हिन्दू धर्म, धार्मिक आस्था र अनास्था, राष्ट्रियता, क्रान्ति, भाषा र साहित्यबारे बिपी कोइरालाले सुन्दरीजल जेलबाट लेखक रमेशनाथ पाण्डलाई लेखेका अप्रकाशित हस्तलिखित चिठीहरु पनि क्रान्ति र प्रतिक्रान्ति पुस्तकमामा समावेश हुनेछन् ।

पुस्तकलाई बुक–हिल पब्लिकेसनले आगामी भदौमा बजारमा ल्याउने प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
Advertisement