दशगजामा भारतीय नागरिक जर्बजस्ती नेपाल छिर्न खोजेपछि सशस्त्रले हवाई फायर गर्‍यो


काठमाडौं – भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजाबाट भारतीय नागरिक जर्बजस्ती सीमा प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले हवाई फायर गरेको छ ।

एक जना व्यक्ति नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले फर्काइदिएको थियो । नेपाल प्रवेश गर्न नपाएको भन्दै उनले ४०/५० जनाको संख्यामा मानिस ल्याएका थिए ।

हवाई फायरपछि अहिले स्थिति नियन्त्रणमा आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले जानकारी दिए । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement