प्रहरी र सशस्त्रका आईजीपीले भने ‘सरकारले दिएको जिम्मेवारी इमान्दारीतापूर्वक निर्वाह गर्छौ ’


काठमाडौं –नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले बिहीबार बिहान दज्र्यानी चिह्न पाएका छन् । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेम कुमार राईले खनालद्धयलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

वरियतामा एक नम्बर रहेका खनालद्धयलाई सरकारले मंगलवार महानिरीक्षक पदमा नियुक्त गरेको थियो । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधवार अवकास पाएपछि सरकारले नयां आईजिपी नियुक्त गरेको हो ।

गृहमन्त्रालयका आयोजित कार्यक्रममा बोल्दै प्रहरीका नवनियुक्त महानिरीक्षक प्रहरी संगठनलाई पारदर्शी र जवाफदेही बनाउने दाबी गरेका छन् । उनले सशस्त्र प्रहरी बलसंग सहकार्य गरेर अघि बढ्ने समेत बताए । गृहमन्त्रालयले अघि सारेको ८२ बुदे कार्ययोजनालाई आफुले दृढतापूर्वक कार्यान्वयन गर्ने खनालको भनाई थियो ।

सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र सशस्त्रमा चेन अफ कमाण्ड कायम गर्ने घोषणा गरे । मुलुकको हित र सुरक्षाका लागी इमान्दारीतापूर्वक काम गर्ने बताए । खनालले सशस्त्रको प्रहरी बललाई आधुनिकीकरण गर्ने योजना समेत सुनाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement