काठमाण्डु– बिपी राजमार्ग फेरी बन्द भएको छ । बिहीबार विहानबाट परेको पानीले रोशी खोलामा बाढी आएपछि राजमार्ग पुनः बन्द भएको हो ।
तीन दिनपछि आज बिहान १० बजे खुलेको सडक फेरी बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
बाढीले बगाएको ठाउँमा फेरि नयाँ डाइभर्सन तयार गरेपछि बीपी राजमार्ग बिहानबाट सुचारु भएको थियो ।
यस्तै प्रहरीले सुरक्षा सम्बन्धमा प्रहरीको सुझाव तथा निर्देशनलाई अनिवार्य पालना गर्न र बाटोको अवस्थाको बारेमा थप जानकारी लिन १०० र १०३ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
वर्षापछि रोसी खोलामा आएको बाढीले गत सातादेखि नै बीपी राजमार्ग अवरुद्ध हुँदै आएको छ । बाढीले काभ्रेको चारसयबेसी, घुमाउने, दाउन्ने, नार्केललगायत स्थानका डाइभर्सन बगाएको छ ।
वर्षा हुनेबित्तिकै रोशी क्षेत्रको करिब चार किलोमिटर क्षेत्रमा निर्माण गरिएको अस्थायी डाइभर्सनमा क्षति पुग्ने भएकाले प्रहरीले आवागमन बन्द गराउने गरेको छ ।
२०८१ साल असोज १२ गते आएको बाढीले काभ्रेको भकुण्डेबेँसीदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडक क्षति भएको छ । क्षतिग्रस्त खण्डमध्ये काभ्रेतर्फ चार र सिन्धुलीतर्फ एउटा ठेक्कामार्फत पुनर्निर्माण कार्य भइरहेको छ।




प्रतिक्रिया