रामेछाप – वर्षाको कारण बीपी राजमार्ग पुन: बन्द भएको छ ।
जिल्ला प्रहरी कार्याल काभ्रेले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न स्थानहरूमा अत्यधिक वर्षा भइरहेको कारण राजमार्गमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै तत्कालका लागि सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोकिएको जनाएको छ ।
प्रहरीले मौसममा सुधार आएपछि तथा सडकमा कुनै अवरोध नरहेको सुनिश्चित भएपछि मात्र पुन: राजमार्ग सञ्चालनबारे अर्को सूचना जारी गरिने स्पष्ट पारेको छ । यात्रु तथा सवारी चालकलाई अनावश्यक जोखिम नलिन आग्रह गर्दै थप जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर १०० र ट्राफिक प्रहरीको १०३ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
गत वर्ष र यस वर्षको वर्षायाममा आएको बाढीले रोशीखोला क्षेत्रमा बीपी राजमार्ग बगाएपछि सडक मर्मतका लागि अहिले रोशी खोलामा डाइभर्सन निर्माण गरी अस्थायी सडक निर्माण गरिएको छ ।
खोलामा सामान्य बाढी आउने बित्तिकै सडक अवरुद्ध हुने गर्दछ । सडक अवरुद्ध हुँदा काठमाण्डुबाट पूर्व आउजाउ गर्ने यातायात साधन रोकिएका छन् ।




प्रतिक्रिया